मौसम खबर : देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाण्डौ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ ।

हाल कोसी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिमा मानन्धरले बताउनु भएको छ ।

साथै कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानहरूमा हावाहुरीको सम्भावना रहेको उहाँको भनाई छ ।

यस्तै आज राती भने कोसी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।