कोशीमा गठबन्धनले फोहोरी खेल खेलेको नेकपा एमालेका अध्यक्ष ओलीको आरोप
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले फोहोरी खेल खेलेको आरोप लगाउनुभएको छ ।
आज (आइतबार) विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले कोशीमा गठबन्धनले फोहोरी खेल खेलेको बताउनुभएको हो ।
प्रदेशमा सरकार पक्षबाटै लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको उहाँको टिप्पणी छ । बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेको अध्यक्ष ओलीले आरोप लगाउनुभयो ।
सर्वोच्चले नै अवैध ठहर गरिसक्दा पनि नछाड्नुले गठबन्धन जुनसुकै हालतमा प्रदेशको सत्ता कब्जा गर्न लागि परेको पुष्टि हुने ओलीको भनाइ छ ।