माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई

काठमाण्डौ ।  सत्ता गठबन्धनले राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिने भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ संसदीय समिति दिने सहमति भएको हो ।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिने सहमति भएको छ ।
१० वटा समितिमध्ये माओवादीको भागमा २ वटा समितिको सभापति परेको थियो ।

तर राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिने भएपछि माओवादीको भागमा एउटा मात्रै संसदीय समितिको सभापति परेको छ ।

कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग गर्ने सहमतिपछि राप्रपालाई पूर्वाधार विकास समिति सभापति दिइएको माओवादीका एक सांसदल बताएका छन् ।

कोशी प्रदेशमा सहमति गर्ने भनिएपछि माओवादी सांसद सापकोटाले आफ्नो भागमा परेको विकास समिति सभापति छाड्न तयार रहेको बताइएको छ ।

संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले ४, नेकपा (माओवादी केन्द्र)ले २, नेकपा (एमाले) ३, नेकपा (एकीकृत समाजवादी) १, जनमत पार्टीले १ सिट पाउने गरी भागबण्डा गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा समितिको भागबण्डामा परेका थिएनन् ।