धरानको निषेधित क्षेत्रबाहिर शान्तिपूर्ण र्याली
काठमाण्डौ । धरानको निषेधित क्षेत्रबाहिर शान्तिपूर्ण र्याली निकालिएको छ ।
हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्याली निकालिएको हो । उक्त ¥यालीमा हजारौं सर्वसाधारण सहभागी भएका छन् ।
इटहरीबाट निस्केको र्याली तरहराको पानीपियासम्म जानेछ । त्यहाँबाट भने निषेधाज्ञा लगाइएको छ । आन्दोलनकारीहरुले निषेधाज्ञा लगाइएको ठाउँमा पुगेर धर्ना दिने कार्यक्रम रहेको छ । धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले शान्ति र्याली निकालेका हुन् ।
यस्तै , धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि निषेधाज्ञा लागू गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार अहिलेसम्म धरानको अवस्था सामान्य रहेको छ । स्थानीय प्रशासनले सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गी सङ्क्रमण नियन्त्रणमा नआउञ्जेल स्वास्थ्य आपतकाल अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यसअघि नै सिफारिस गरेको र धरानमा आज धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्था समेत देखिएकाले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरेको उल्लेख छ ।