कोशीमा फेरि एमालेको सरकार बन्छ : अध्यक्ष ओली

काठमाण्डौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गर्नु भएको छ ।

आज तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुदै अध्यक्ष ओलीले ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने बताउनु भएको हो ।

उहाँ आज पार्टी सचिवालयको बैठकमा सहभागी हुन विराटनगर पुग्नु भएको थियो । सोहि क्रममा पत्रकार भेटघाटमा अध्यक्ष ओलीले नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताउनु भयो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताउनु भयो । गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उहाँले आरोप लगाउनु भयो ।

 

उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको टिप्पणी गर्नु भएको छ ।