शेयर बजार साढे ३१ अङ्कले घटेर राताम्मे

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

आज (बिहीवार) शेयर बजार ३१ दशमलव ५२ अङ्कले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे ८ प्रतिशत तथा समता घरेलु लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ ।  कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ ।

आज ४६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ५५ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका हुँदा सबैभन्दा धेरै सोल्टी होटलको ७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।