उच्चस्तरीय छानबिन समितिको अन्तिम रूप दिन शीर्ष नेताहरूको बैठक बस्दै

काठमाण्डौ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अन्तिम निष्कर्ष निकाल्न आज राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठक बस्दै छ ।

हिजो बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने गरि स्थगित भएको थियो । जसअनुसार बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा मस्यौदा समितिले तयार गरेको ड्राफ्ट शीर्ष नेतालाई बुझाउने र शीर्ष नेताले त्यसलाई अन्तिम रूप दिने तयारी छ ।

यसअघि, सोमबार राति बसेको शीर्ष नेताहरूको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेको थियो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् बैठक आफ्नो अडान राख्दै आएको छ ।