सीआईबीले आज ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउँदै
काठमाण्डौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि कुनै अनुसन्धान नगरी सीआईबीले अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ ।
अनुसन्धान रिपोर्ट आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले दिएको मितिभन्दा दुई दिन ढिला गरी सीआईबीले आज प्रतिवेदन बुझाउन लागेको हो । सरकारी वकिलको कार्यालयले सीआइबीले प्रतिवेदन बुझाउन गत शुक्रबारसम्मको समय दिएको थियो ।
प्रकरणमा संलग्न दुई पूर्वप्रधानमन्त्रीमाथि कुनै पनि छानबिन नहुँदा अनुसन्धानमाथि नै प्रश्न उठेको छ ।