सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाण्डौ । सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने हुनुभएको छ ।

अहिले ११ बजे सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न लाग्नु भएको हो । सभामुख घिमिरेले सिंहदरबारस्थित उहाँको कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाउनुभएको छ ।

बैठकमा सत्तापक्षबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने जनाइएको छ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । एमालेको अवरोधका कारण संसद्का दुवै सदनको बैठक चल्न सकेको छैन ।