पूर्वप्रधानमन्त्रीहरू परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गर्‍यो : लिङ्देन

काठमाण्डौ ।  सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दाबी गर्नुभएको छ ।

आज (शुक्रवार) भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनमा अध्यक्ष लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारूढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको लिङ्देनको भनाई थियो ।

सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कातिर भ्रष्टाचारीको संरक्षण गरेर सत्ता टिकाउने काममा लागेको लिङ्देनको आरोप छ ।