कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक : भदौ २२ गतेभित्र आवेदन दिनु पर्ने
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ । साथै बोर्डले आवेदन फारम बुझाउन पनि आग्रह गरेको हो ।
२०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् ।
यस्तै दुई विषयमा नन ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले सूचनामा भनेको छ ।