मौसम खबर : पहाडी भू-भागको केही स्थानहरूमा वर्षाको सम्भावना
काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेशको केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।
यस्तै आज राति भने कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाई छ ।
साथै कोसी तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।