एयरपोर्टबाहिर बरामद भएको सुन ६० केजी मात्रै

काठमाण्डौ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन गालिएर तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको छ ।

आज नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालेर सुन जोखिएको थियो ।  ब्रेक सुबाट छुट्याएर जोख्दा ६० केजी ७१६ ग्राम परिमाण पाइएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताउनु भएको छ ।

 

अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि आचार्यले बताउनु भएको हो । भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।