सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार : कृष्णबहादुर महरा
काठमाण्डौ । सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार भएको पूर्वसभामुख कृष्णबहादुर महराले बताउनु भएको छ ।
आज दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताउनु भउको हो ।
उहाँले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमा मात्र चिनेको बताउनु भएको हो । त्यसबाहेक उनलाई आफूले नचिनेको उहाँको भनाइ छ ।
तर, महारले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गर्नु भएको छ ।
उहाँले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गर्नु भयो । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताउनु भएको छ ।