त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन गाल्न सुरू
काठमाण्डौ । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन गाल्न सुरू भएको छ ।
हङकङबाट तस्करी भई आएको सुन गाल्ने काम सुरू भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो ।
यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।
सुन गालेर मात्रा तय गरेपछि आर्थिक परीक्षणको काम सुरु गरिने छ । राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सारबाट बाहिरिएको सुन यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो ।