गौर हत्याकाण्डको छानबिन नगर्ने गठबन्धनको निर्णय

काठमाण्डौ । गौर हत्याकाण्डको छानबिन नगर्ने सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले निर्णय गरेको छ ।

हिजो (सोमबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ शीर्ष नेताहरूको बैठकले गौर हत्याकाण्डबारे छानबिन नगर्ने निर्णय गरेको हो ।

गौर हत्याकाण्डका पीडितले १० लाख रुपैयाँका दरले राहत पाइसकेको र मृतक शहिद घोषणा हुने क्रममै रहेकाले यसलाई राजनीतिक ढंगले अगाडि बढाउने निर्णय गठबन्धनले गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिँनु भएको हो ।

२०६३ चैत ७ गते २८ जनाको ज्यान जाने गरी गौर हत्याकाण्ड भएको थियो ।