प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने एमालेको निर्णय

काठमाण्डौ । नेकपा एमालेले प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनु भएको हो ।

उहाँका अनुसार भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्ने गरी मिति टुंग्याएको हो ।

एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो ।