मौसम खबर : पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरोकोटीले बताउनु भएको छ ।
यस्तै, राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।