हप्ताको पहिलो दिन नेप्से ३८ दशमलव ३७ अङ्कले घट्यो

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ विन्दुमा झरेको छ ।

हप्ताको पहिलो दिन आज (आइतवार) सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले घट्दा सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सको शेयर साढे नौ प्रतिशत तथा अभियान लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।

यस्तै आज आईएमई लाइफ इन्सुरेन्स र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत तथा कृषि विकास बैंकको शेयर भने साढे ६ प्रतिशतले बढेको छ ।

आज ८० लाख सात हजार कित्ता शेयर दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँमा कारोबार हुदा सबैभन्दा धेरै सानिमा बैंकको १२ करोड ६९ लाख र एभरेस्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।