माओवादी केन्द्रीय समिति बैठक : सदस्यहरूले धारण राख्ने क्रम जारी रहने
काठमाण्डौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहेको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि सुरू भएको बैठक आज (शुक्रबार) तेस्रो दिन पनि जारी रहनेछ । बैठकमा नेताले आ–आफ्नो धारणा राखिरका छन् । बाँकी नेताहरुले आफ्नो भनाइ राख्ने क्रम जारी रहेको छ र आज बस्ने बैठकमा पनि नेताहरुले आफ्नो धारण राख्ने माओवादी केन्द्रीय कार्यालयले बताएको छ ।
एक नेताले बताए अनुसार मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा बैठकमा छलफल भइरहेको छ । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता, रुपान्तरणमा जोड दिएका छन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।