मौसम खबर : बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा

काठमाण्डौ । हाल देशमा मनसुनी वायुको प्रभाव आंशिक रहेको छ ।

आज बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।
कोशी प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको उहाँले बताउनु भएको हो ।

आज राती भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र केही स्थानहरूमा भारी वर्षाका साथ हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।