भगवती पाण्डेलाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारहरुको बिरोध प्रर्दशन

काठमाण्डौ ।  तामाङ कलाकारहरुले अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दवाव दिँदै जिल्ला प्रहरी परिसर टेकुमा बिरोध प्रर्दशन गरेका छन् ।

आज (बुधबार) उनिहरुले अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरी अनुसन्धार अगाडि नबढाएको भन्दै बिरोध प्रर्दशन गरेका हुन् ।

 

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाइ लिएर नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिनु भएको थियो ।

यस्तै आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरुले  परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रर्दशनका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको हो । पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पाण्डेको खोजी जारी राखेको छ ।