संघीय शिक्षा ऐन सम्बन्धि विधेयक स्वीकृत : विधेयक संसदमा पेस गरीने
काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धि विधेयक स्वीकृत गरेको छ ।
अब बस्ने संसद बैठकमा पेस गर्नेगरी विधेयक स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।
हिजो (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ५२ वर्षअघि जारी भएको शिक्षा ऐनलाई विस्थापित गर्ने गरी संघीय संरचनाअनुसारको शिक्षा विधेयक अघि बढाउने निर्णय भएको उहाँले बताउनु भएको छ ।
उक्त विधेयकले विद्यालय शिक्षालाई मात्रै समेटेको शिक्षा मन्त्रालयले जनाएको छ ।