पेट्रोल लिटरमा ९ रुपैयाँ बढ्यो, खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाण्डौ । गएराति १२ बजेदेखि पेट्रोल लिटरमा ९ रुपैयाँ बढेको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार भारतबाट भाउ घटबढ भएर आउने बित्तिकै नेपालमा पनि घटबढ हुन्छ । जसअनुसार भारतबाट मूल्य बढेर आएकोले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको नेपाल आयल निगमले बताएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय ३० रुपैयाँ घटाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १ सय ७०, दोस्रो वर्गमा १ सय ७२ र तेस्रो वर्गमा १ सय ७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १ सय ५०, दोस्रोमा १ सय ५२ र तेस्रो वर्गमा १ सय ५३ रुपैयाँ कायम भएको छ । यस्तै एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १ हजार ६ सय ६० रुपैयाँमा झरेको छ ।

सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ ।