भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

काठमाण्डौ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढेर पठाएको छ ।

आईओसी ले बढेको मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार यस पटक पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएकोे जानकारी दिनुभयो ।

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र हवाई इन्धनमा आठ रुपैयाँ तथा डिजल र मट्टीतेलमा सात÷सात रुपैयाँका दरले भाउ बढेर आएको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर एक सय रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट भाउ घटबढ भएर आउनेबित्तिकै नेपालमा पनि घटबढ हुन्छ । अब पेट्रोल, डिजल,मट्टीतेल र हवाई इन्धनको भाउ बढ्ने र खाना पकाउने ग्यासको भाउ घट्ने छ ।