प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै : आज पनि एमालेले अवरुद्ध गर्न सक्ने

काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ । हिजो दिउँसो १ बजे बोलाइएको बैठक बस्दै नबसि स्थगित भएको थियो ।

१ क्वीन्टल बढि सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्नु पर्ने माग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अडान रहेको छ । यसअघि १० साउनमा बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबिना सुन तस्करी सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्न माग गर्नु भएको थियो ।

प्रमुख सचेतक गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सभामुखले रूलिङ गर्नुपर्ने र समिति गठनको सुनिश्चितता नभएसम्म संसद चल्न नसक्ने बताउनु भएको थियो ।