रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण
काठमाण्डौ । रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण भएको छ ।
बीबीसीका अनुसार उक्त आक्रमणबाट विमानस्थलमा आगलागी हुनुका साथै दुई वटा सैन्य विमानमा क्षति पुगेकोे छ ।
युक्रेनबाट ६ सय किलोमिटर टाढा इस्टोनियाको सीमा नजिक भएको आक्रमणमा युक्रेनकै हात रहेको आशंका गरिएको छ ।
तर युक्रेनले घटनाबारे केही प्रतिक्रिया जनाएको छैन ।
पछिल्ला केही हप्तामा युक्रेनले रुसमा आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको अनुमान गरिएको छ ।
यो आक्रमणपछि रुसले मस्कोमा सुरक्षा व्यवस्था कडा पार्दै भानकोबो विमानस्थलमाथिको आकाशमा उडानमा रोक लगाएको छ ।