मौसम खबर : मनसुनी गतिविधि कम, तत्काल ठूलो पानी नपर्ने
काठमाण्डौ । मनसुनी गतिविधि कम भएसँगै पानी पर्ने क्रम घटेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल छ । यसले गर्दा तत्काल ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।
अघिल्लो हप्ता लगातारजसो पानी परे पनि अहिले लगातार पानी परेको छैन । देशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
यस्तै केही क्षेत्रका एक दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान रहेको उहाँले बताउनुभयो । यस्तै आज राति भने देशका पहाडि क्षेत्रका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाहुने महाशाखाले बताएको छ ।
अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली छ ।