केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सत्तापक्षकै असहमति : कोरम नपुगेपछि संसद स्थगित
काठमाण्डौ । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० निर्णायार्थ पेश गर्ने बेलामा गणपुरक संख्या नै नपुगेपछि स्थगित भएको छ ।
सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने बेलामा रास्वपा सांसद सुमना श्रेष्ठ र एमाले सांसद ठाकुर गैरे नियमापत्ति जनाएपछि सभामुखले बैठक स्थगित गर्नु भएको हो ।
सांसदहरुको नियमापतिपछि सांसदहरुको गणना गर्नका लागि सभामुखले तीन मिनेट घण्टी बजाएपछि सत्तापक्ष तथा प्रतिपक्षका सांसद बैठकबाट बाहिरिएका थिए । सत्तापक्षकै सांसदहरुले यो विधेयकको विपक्षमा छन् ।
गणपुरक संख्या नपुगेपछि सभामुखले भदौ १८ गतेसम्मको लागि बैठक स्थगित गरे । बैठकमा बोल्ने सत्तापक्षकै अधिकांश सांसदहरुले विधेयको विरोधमा बोलेका छन् ।
विभिन्न ७९ कानूनलाई संशोधन गर्नेगरी तयार पारिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।