मौसम खबर : देशका केही स्थानहरूमा मध्यम तथा भारी वर्षा हुने

काठमाण्डौ ।  देशमा मनसुनी वायुको प्रभाव जारी छ । हाल कोसी, बागमती र मधेस प्रदेशका पश्चिमी भूभागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भयो । साथै यी प्रदेशका एक दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको उहाँको भनाई छ ।

आज राती भने कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।