माओवादीसँग एकता भनिए पनि वास्तविक एकता नभएको : एमाले अध्यक्ष ओली

काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग एकतापछि प्रचण्डले एमालेको रकम खर्च गरेको तर, त्यसको हिसाब नदेखाएको बताउनु भएको छ ।  आज जनसंगठन समन्वय समितिको बैठकमा बोल्दै प्रचण्ड एमालेको रकममा चलेको तर हिसाब नगरेको आरोप लगानु भएको छ ।

उहाँले भन्नु भयो , ‘आफ्नो हिसाबकिताव कहिल्यै बुझाएनन् । रकम कहिल्यै बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले एमालेको रकम खाए, एमालेको रकम पिए सबै गरे ।  एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् । कार्यालय पनि दाखिल गरेनन् ।’

साथै ओलीले माओवादी केन्द्रसँग एकता भनिए पनि एकता हुँदै नभएको बताउनुभएको छ । प्रचण्डले नेकपाकालमा पनि आफ्नो पार्टी जीवितै राखेको आरोप लगाउनुभएको हो  ।

यस्तै फरक प्रशंगमा उहाँले सत्ताको लडाइँ निर्मम हुने भन्दै दरबार हत्याकाण्डको उदाहरण दिनु भएको छ । आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको उहाँले टिप्पणी गर्नु भएको हो । ओलीले हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको परोक्ष संकेत गर्नु भएको छ  ।