कोशी प्रदेशकामा नयाँ सरकारको प्रक्रिया थाल्न सर्वोचको आदेश : थापाको नियुक्ति बदर
काठमाण्डौ । सर्वोच्च अदालतले कोशीमा सात दिनको समय दिएर नयाँ सरकारको प्रक्रिया थाल्न आदेश दिएको छ ।
आज (बिहीवार) अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ ।
सरकार गठनको दाबी पेस गर्दा नै सभामुखले कसैलाई समर्थन गरेर हस्ताक्षर गर्न नहुने न्यायाधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले बताएको हो ।
यो सँगै सात दिनभित्र बहुमत पेस गर्न नसकेमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्नु हुनेछ ।
कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनमा बहुमत नपुगेपछि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा उद्धव थापा मुख्यमन्त्री बन्नुभएको थियो । यसअघि माओवादीले साथ छाडेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढलेको थियो ।