भोली शु्क्रवार जिफन्ट र कतारका श्रमिकवीच डिजिटल्ली प्रशिक्षण हुँदै

 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोली शुक्रबार कतारमा जिएसजिमा सङ्गठित रहेका श्रमिकहरुलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ । नेपाली समय अनुसार दिउँसो  १ बजे जिफन्टको अनामनगरसथित ट्रेड युनियन स्कुलबाट सो कार्यक्रम हुनेछ ।

जिफन्ट उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख जितेन्द्र श्रेष्ठका अनुसार ’जहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्ली’ अन्तरगत भोली हुने पहिलो कार्यक्रममा जिफन्ट राष्ट्रिय अध्यक्ष बिनोद श्रेष्ठले कतारका श्रमिकहरूलाई सम्बोधन गर्नुहुनेछ ।

त्यसैगरी, जिफन्ट उपाध्यक्ष विदुर कार्की र विदेश सचिव स्मृति लामाले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको उपाध्यक्ष श्रेष्ठले रेडियो श्वेत शार्दूललाई जानकारी दिनु भयो ।

जिफन्टसँग नेपाल लगायत संसारभरीबाट करिब ४ लाख ५२ हजार श्रमिकहरू सङ्गठित रहेका छन् ।